बुधबार, कार्तिक १९ गते २०८३
images
images

श्रोत नखुलेको भारतीय ५ लाख र नेपाली ५ लाख रुपैयाँसहित तीन जना नियन्त्रणमा

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 192
    SHARES
  • श्रोत नखुलेको भारतीय ५ लाख र नेपाली ५ लाख रुपैयाँसहित तीन जना नियन्त्रणमा

    सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अगर्वाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैयाँसहित सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ बर्षिय गान्धि साह सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश बनिया र भारत घर भई हाल पर्सा जिल्लाको बिरगंज महानगरपालिका १९ बस्ने १९ बर्षिय अनिल साहलाई नियन्त्रणमा लिएको हो ।

    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

    images

    उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो ।

    नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।