बुधबार, कार्तिक १९ गते २०८३
images
images

चन्द्रागिरि हिल्सले नयाँ वर्षमा आफ्ना शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 209
    SHARES
  • चन्द्रागिरि हिल्सले नयाँ वर्षमा आफ्ना शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने

    काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

    images

    यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिब, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

    यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने छ ।

    images

    काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ । यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने छ । यस योजना सम्बन्धित विस्तृत सेवा तथा सर्तहरुको जानकारी तल दिइएको कम्पनीको नम्वर तथा ठेगाना मार्फत प्राप्त गर्न सक्नुहुने छ ।