बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा बुढी गण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाईन बन्ने

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 908
    SHARES
  • गोरखा बुढी गण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाईन बन्ने

    गोरखा बुढी गण्डकी करिडोरको माछा खोलामा १३२ केभिए प्रसारण लाईन बन्ने भएको छ । बुढीगण्डकीमा बन्ने भनिएको १२०० मेघावार्ड बाहेक थप १२०० भन्दा बढि आयोजनाहरू रहेको र सबै आयोजनाहरू कन्ट्रकसनपावरको समस्याले अन्योलता कायम रहेको बेला उक्त्त क्षेत्रमा पिपिए भैसकेका र पिपिए हुने लाईनमा रहेका हाईड्रो ब्यबसायिहरूले छलफल गरि त्यस क्षेत्रमा तत्काल १३२ के भिए प्रसारण लाईनको खांचो औलाएका थिए ।

    images

    गोरखाको उत्तरि भेगमा आयोजनाको लाईसेन्स लिएर बसेका अधिकांस ब्यबसायिहरूले त्यस क्षेत्रको समस्या र छिटो हाईड्रो निर्माण हुन नसक्नुको समस्यामा केन्द्रित भएर भैपरि आउने समस्या र तत्कालको अबस्था बारे छलफल गरि बुढी गण्डकी करिडोर आयोजना संचालकहरूको समुह समेत निर्माण गरेका छन् ।

    आजै उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि शक्त्ति बहादुर बस्नेतलाई भेट गरि आयोजनाका संचालकहरूले बुढी गण्डकी करिडोरमा ट्रान्समिसनलाईनको समस्या हल गर्ने गरि काम भैदिए त्यस क्षेत्रमा तत्काल साना ठुला गरि १०० मेघावार्ड भन्दा बढि हाईड्रोपावरले काम थाल्न सक्ने अबस्था रहेको जानाकारि गराएका थिए । 

    images

    for.jpg

    उक्त क्षेत्रमा ४.५५ मेघावार्डको हाईड्रो सम्पन्न गरि सकेका युवा व्यावसायी कृष्ण घिमिरे र सरो धिताल सहित अन्य ब्यवसायिहरूले ट्रान्समिसन लाईन नै लाईफ लाईन रहेको त्यस भुगोलमा मुख्यगरि ट्रान्समिसन लाईन बन्नु भनेको हाईड्रो पावरको क्षेत्रमा क्रान्ति नै शुरू हुनु हो । ट्रान्समिसन लाईन केअि दुरी लामो हुँदा चुहावट र ट्रिप हुने समस्या नै मुख्य समस्या बन्दा ब्यवसायी मारमा पर्ने गरेको कुरा बिकास हाईईड्रो पावरको प्रबन्ध निर्गेशक कृष्ण घिमिरेले बताए ।

    उक्त भेटमा मन्त्रि बस्नेतले गोरखाको उत्तरी भुगोल र बुढी गण्डकी आसपास आफु पनि जानाकार रहेको र त्यस क्षेत्रको बिकासमा हाईड्रोपावरको निर्माणमा महत्वपुर्ण भुमिका हुने हुँदा उक्त्त क्षेत्रको माछा खोलालाई नै प्रसारण लाईनको हब निर्माण गर्ने गरि अघि बढ्ने कुरामा ब्यवसायिलाई आश्वासन दिए । १३२ मात्र हैन राष्ट्रिय प्रशारण लाईन आवश्यकताको आधारमा काम हुने र गोरखाको त्यस क्षेत्रमा आफ्नो ध्यान केन्द्रि रहेको मन्त्रि बस्नेतले बताए । ।