बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
चैत्र २५, २०७९ शनिबार
  • 191
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    images

    जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशका कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    images

    आज काठमाडौँमा बिहानैदेखि आंशिक बदली रहेको छ, अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्य रहने छ ।

    कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।