शुक्रबार, भाद्र २६ गते २०८३
images

लुकाकुको दुई गोलमा चेल्सीको सहज जित

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 513
    SHARES
  • लुकाकुको दुई गोलमा चेल्सीको सहज जित

    एजेन्सी । इंंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले घरेलु मैदानमा पाहुना टोली एस्टोन भिल्लामाथि ३-० गोलको सहज जित निकालेको हो । घरेलु टोली चेल्सीको जितमा रोमेरो लुकाकुले २, माटिओ कोभासिसले १ गोल गरे ।

    images

    लुकाकुले १५औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो हाफभरि सुरुवाती अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ४९औ मिनेटमा कोभासिसको गोलमा चेल्सीले आफ्नो अग्रता दोब्बर बनाउयो  । खेलको इन्ज्युरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० गोलको जित दिलाए । 

    उक्त जितसँगै चेल्सीले चार खेलमा १० अङ्क बनाएको छ । चेल्सी म्यानचेस्टर युनाइटेडसँग अङ्क बराबरी गर्दै दोस्रो स्थानमा उक्लिएको छ । एस्टोन भिल्ला भने चार अङ्कसहित १२औं स्थानमा छ । 

    images