बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा अस्पतालमा आइसियु सेवा संचालनमा

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 192
    SHARES
  • गोरखा अस्पतालमा आइसियु सेवा संचालनमा

    गोरखा । गोरखा अस्पतालमा ५ वेड क्षमताको आइसियु कक्ष संचालनमा आएको छ ।

    images

    अस्पतालले स्वर्णजयन्तीको अवसर पारेर आइसियु कक्ष संचालनमा ल्याएको हो । आवश्यक जनशक्ति थप गरेर आइसियु कक्ष संचालनमा ल्याइएको गोरखा अस्पतालले जनाएको छ । गोरखा अस्पातालको शुक्रबार स्वर्णजयन्ती को अवसर पारेर कक्ष संचालनमा ल्याएको हो । समारोहलाई प्रधानमन्त्री पुष्पमकल दाहालले उद्घाटन गर्दै अस्प्तालको विकासमा आफ्नो सक्दो पहल रहने बताए ।

    २०२९ चैतमा स्थापना भएको गोरखा अस्पताल ५० वर्ष पुरा भएसँगै स्वर्णजयन्ती मनाएको हो । स्थापनाकालमा १५ वेडबाट सेवा शुरु गरेको अस्पताल २०६९ बाट ५० वेडमा स्तरोउन्नती भएको छ । सोहि अवसरमा स्वर्णजयन्ती स्तभ्भको अनावरण साथै अस्पतालले प्रकाशन गरेको स्वर्णजयन्ती स्मारिकाको पनि विमोचन गरिएको छ ।

    images

    स्वर्ण जयन्तीको अवसरमा अस्पताल विकास समितिका पुर्व अध्यक्षहरु बद्रीवहादुर मास्के, मोहनलाल श्रेष्ठ, पुर्व कर्मचारी गणेशकुमार श्रेष्ठ, चनमायाँ श्रेष्ठ, सनवहादुर राना, पुर्व मेडिकल सुपरिटेण्डेण्ट गुणराज लोहनीलाई सम्मान गरिएको थियो । शुक्रबार नै अस्पतालमा रक्तदान कार्यक्रम समेत भएको छ । अस्पताल विकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डे लगायतले मन्तब्य राखेका थिए । साभार: अनलाइन गोरखा