बुधबार, कार्तिक १९ गते २०८३
images
images

कृष्ण मन्दिर पुनःनिर्माण तीव्र

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 186
    SHARES
  • कृष्ण मन्दिर पुनःनिर्माण तीव्र

    सिन्धुपाल्चोक, २६ चैत । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्ष पुनःनिर्माण सुरु गरिएको हो । 

    images

    पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते मन्दिरको शिलान्यास गर्नुभएको थियो । विसं २०६४ मा निर्माण गरिएको उक्त मन्दिर पुरानै ढाँचामा बन्ने भएको छ । रू एक करोड ३० लाखमा मन्दिर पुनःनिर्माण हुने स्थानीय सुरेश कसजूले जानकारी दिनुभयो । मन्दिर असार मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका शिल्पकार सुरज शिल्पकारले जानकारी दिनुभयो ।