बुधबार, कार्तिक १९ गते २०८३
images
images

मिटर ब्याज पीडितले आज पनि सरकारी टोलीसँग बार्ता गर्ने

एक्सप्रेस पाना
चैत्र २७, २०७९ सोमबार
  • 232
    SHARES
  • मिटर ब्याज पीडितले आज पनि सरकारी टोलीसँग बार्ता गर्ने

    काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । 

    images

    गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार पनि बार्ता हुन लागेको हो ।

    संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।

    images

    पहिलो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः सोमवार वार्तामा बस्ने उनले जानकारी दिए ।