काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले " हाइ-प्रोफाइल भ्रष्टाचार विरुद्ध आन्दोलन " गर्ने भएको छ ।
केही दिन अघि मात्र चर्चामा रहेको नक्कली भुटानि सराणर्थि बनाइ अमेरिका लैजाने भनी ८७५ जना नेपाली युवाहरुलाई ठुलो गिरोहले करोडौं रकम ठगि गरेको साथै पुर्वगृहमन्त्री राम बहादुर बालदको प्रमुख सल्लाहकार र एमाले सचिव एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीको प्रत्यक्ष समलग्नता भनी समाचार आएको थियो ।
त्यस लगत्तै रास्वपाका अध्यक्ष रवि लामिछानेको नाम लिदै उक्त पार्टीका सासद डाका राम श्रेष्ठ र मिडिकल व्यवसायी दुर्गा प्रसाईं विचको दुई करोड पचास लाख रकम बार्गेनिङ टेप सार्वजनिक भएको थियो ।
एमाले जस्तो पार्टीका पदाधिकारीहरु साथै राज्यको नेतृत्वमा बसिसकेका मान्छेहरुले मानव तस्करी जस्तो गलत कार्यमा समलग्न रह्नु साथै कथित नंया पार्टीका नेता र साम्सदहरु भ्रष्टाचार जस्तो संबेदनसिल विषयमा जोडिनु आफैमा गम्भीर भएको भनी आन्दोलन गर्ने संघका कार्यवाहक अध्यक्ष कृष्ण बिश्वकर्माले बताए ।
.jpg)


