सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ नेपाल टेलिकमको नयाँ वर्ष अफर

एक्सप्रेस पाना
चैत्र २९, २०७९ बुधबार
  • 460
    SHARES
  • यस्तो छ नेपाल टेलिकमको नयाँ वर्ष अफर

    नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरूका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ ।

    images

    सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने बताएको छ ।

    कम्पनीले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ । 

    images

    यसैगरी, डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध गराउने छ ।

    त्यसैगरी, एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । 

    यस अनुसार २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जिबीका दरले चलाउन सकिने गरी दुई जिबी डाटा उपलब्ध हुनेछ । 

    त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जिबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जिबी डाटा उपलब्ध हुनेछ ।

    नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर चैत ३० गतेदेखि आगामी २०८० वैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागू हुने कम्पनीको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # NTC