बुधबार, कार्तिक १९ गते २०८३
images
images

एनसेल प्रिजेन्टस् १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 182
    SHARES
  • एनसेल प्रिजेन्टस् १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न

    नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भएको छ ।

    images

    “नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम” भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो । 

    Purple Saturday (10).jpg

    images

    नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।
     
    आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको थियो ।

    Purple Saturday (4).jpg
     
    काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ विहान ११ः०० बजे देखि सुरु भएको थियो । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम सुरु भए देखि बेलुका सम्म १ लाख ५० हजार भन्दा बढि मानिसहरुले महोत्सवमा भाग लिएका थिए ।
     
    यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुले आ–आफना प्रस्तुति रहेका थिए कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले उपस्थित दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यसका साथै महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनि प्रर्दशनीमा राखिएका थिए ।

    Purple Saturday (5).jpg

    बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरु सहित छुट्टै किडस् जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेको थियो । यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि संचालन गरिएको थियो । महोत्सवमा आउने सबैकालागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए ।