बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई 'सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 199
    SHARES
  • राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई 'सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

    राष्ट्रपति रामचन्द्र पौडेलले एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी श्री जगदीश प्रसाद अग्रवालज्यूलाई 'सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गर्नुभएको छ । संविधान दिवसको अवसरमा मिति २०७९÷०६÷०३ का दिन घोषित उक्त सम्मानित विभूषण मिति २०८०÷०१÷०१ का दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूद्धारा प्रदान गर्नु भएको हो । यस सुखद अवसरमा श्री जगदीश प्रसाद अग्रवालज्यूलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछौं ।

    images

    ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित हुनुभएका श्री अग्रवालज्यूले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाब्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउदै आउनु भएको छ । उहाँ यस बैंकको पूर्व अध्यक्ष हुनुकोसाथै हाल विशाल गु्रपको अध्यक्ष पनि हुनुहुन्छ ।

    उहाँले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि., कमला रोलिब मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आउनु भएको छ । साथै, उहाँले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पु¥याउँदै आउनुभएको छ ।

    images