शुक्रबार, भाद्र २६ गते २०८३
images

इन्टर मिलान बराबरीमा रोकियो

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 1.1K
    SHARES
  • इन्टर मिलान बराबरीमा रोकियो

    एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता इन्टर मिलान साम्पोडोरियासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

    images

    आइतबार साम्पोडोरियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर बराबरीमा रोकिएको हो ।  इन्टरका फेडेरिको डिमार्कोले खेलको १८औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ३३औं मिनेटमा माया योशिदाले गोल गर्दै साम्पोडोरियालाई खेलमा फर्काए । 

    त्यसपछि लाउटारो मार्टिनेजले ४४औं मिनेटमा गोल गरेपछि इन्टरले पहिलो हाफभरि २–१ गोलको अग्रता बनाएको थियो । ४७औं मिनेटमा टामासो अगुएलोले गोल गर्दै पाहुना टोलीलाई पुनः बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा दुवै टिमले एक–एक अङ्क बाँडे । 

    images

    उक्त बराबरीसँगै दोस्रो स्थानको इन्टरले ३ खेलमा ७ अंक जोडेको छ । यता साम्पोडोरिया भने दुई अंकका साथ १३औं स्थानमा छ ।