भदौ २७ काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी रोकिएको छ ।
आइतबार दशरथ रङ्गशालामा भएको दोस्रो मैत्रिपूर्ण खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । खेलमा दुवै टोलीले पाएका केही सुनौलो अवसर सदुपयोग गर्न नसक्दा खेलमा कुनै गोल हुन नसकेको हो ।
यसअघि पहिलो खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।


