बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : गण्डकी र कर्णालीमा वर्षा, तराईमा हावाहुरी

एक्सप्रेस पाना
बैशाख ४, २०८० सोमबार
  • 176
    SHARES
  • आजको मौसम : गण्डकी र कर्णालीमा वर्षा, तराईमा हावाहुरी

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । सोमबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

    राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

    images