बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : पहाडी भागमा पानी पर्ने तथा तुवालो लाग्ने

एक्सप्रेस पाना
बैशाख ५, २०८० मंगलबार
  • 191
    SHARES
  • आजको मौसम : पहाडी भागमा पानी पर्ने तथा तुवालो लाग्ने

    काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेको छ।

    दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू–भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ। 

    images

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

    राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ ।