शुक्रबार, भाद्र २६ गते २०८३
images

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित, फर्कियो शीर्ष स्थानमा

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 379
    SHARES
  • बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित, फर्कियो शीर्ष स्थानमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

    images

    लामो समयपछि घरेलु मैदान सान्टियागो बर्नाबेउमा खेलेको रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक गोल गरे । यस्तै, भिनिसियस जुनियर र इडुआर्डो कामाभिङ्गाले १/१ गोल गरे । सेल्टाका शान्ति मिना र फ्रान्को सेर्भीले १/१ गोल गरे । 

    खेलको चौथो मिनेटमा मिनाले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए । २४औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा फर्काए । त्यस्तै खेलको ३१औं मिनेटमा सेर्भीले गोल गरेपछि सेल्टाले पहिलो हाफभरि २-१ गोलको अग्रता बनायो ।

    images

    1631501950372.jpg

    दोस्रो हाफको खेलको ४६औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै रियललाई पुनः बराबरीमा फर्काए । ५४औं मिनेटमा भिनिसियसले गोल गरेपछि रियलले अग्रता बनायो ।  खेलको ७२औं मिनेटमा कामाभिङ्गाले गोल गरे । हालैमात्र रियल आएका उनले डेब्यु खेलमा गोल गरेका हुन् । ८५औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गरेपछि रियलले ५-२ गोलको सानदार जित दिलाए । 

    उक्त जितसँगै रियलले ४ खेलमा १० अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको हो । यता पराजित सेल्टा भिगो भने एक अंकका साथ १८औं स्थानमा छ ।