बुधबार, कार्तिक १९ गते २०८३
images
images

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

एक्सप्रेस पाना
बैशाख ६, २०८० बुधबार
  • 169
    SHARES
  • संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

    images

    आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिएका छन् ।

    तिम्सिनाले अर्को बैठकमा निर्णय गर्ने गरि बैठक सकिएको जानकारी दिए ।

    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए । 

     गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ भने कायम मुकायमको रुपमा हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशको काम गरिरहेका छन् । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि कार्कीले कामु भएर काम गरिरहेका हुन् ।