बुधबार, कार्तिक १९ गते २०८३
images
images

रवि लामिछानेका चालकको अवस्था अझै चिन्ताजनक

एक्सप्रेस पाना
बैशाख ६, २०८० बुधबार
  • 197
    SHARES
  • रवि लामिछानेका चालकको अवस्था अझै चिन्ताजनक

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ।

    images

    गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याइएको थियो।

    अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।   
    मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाका अनुसारभेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाको अवस्था चिन्ताजनक छ।

    images

    ‘टाउकोमा गम्भीर प्रकृतिको चोट छ, छातीमा संक्रमण पनि छ। अवस्था क्रिटिकल छ,’ डाक्टर राणाले भने, ‘उपचारमा हाम्रो आइसियूको पुरै टिम खटिएको छ।’