एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलानले लाजियोमाथि सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले लाजियोलाई २–० गोलले हराएको हो ।
सान सिरोमा मिलानलाई जिताउन राफेल लियो र ज्लाटान इब्राहिमोभिकले एक–एक गोल गरे । खेलको ४५औं मिनेटमा लियोले गोल गरेपछि मिलानले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हफको खेलको ६७औं मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानलाई २–० गोलको जित दिलाए ।
उक्त जितसँगै मिलान दोस्रो स्थानमा उक्लिएको छ । उसले ३ खेलमा ९ अंक जोडेको छ । लाजियो भने ६ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
यस्तै, गए राति नै भएको अर्को खेलमा रोमाले सासुओलोलाई २–१ गोलले हराएको छ ।


