बुधबार, कार्तिक १९ गते २०८३
images
images

पाल्पाको जोरधारामा बस दुर्घटना

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 180
    SHARES
  • पाल्पाको जोरधारामा बस दुर्घटना

    बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ । 

    images

    आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको  लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालिएको जानकारी दिए । 

    images

    उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।

    तीमध्ये केहीको अवस्था गम्भीर रहेको इन्सपेक्टर गौतमले जानकारी दिए ।  

    बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको गौतमले जानकारी दिए ।