बुधबार, कार्तिक १९ गते २०८३
images
images

चितवनको नयाँकिरण मावि मतदान स्थलमा तनाव

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 147
    SHARES
  • चितवनको नयाँकिरण मावि मतदान स्थलमा तनाव

    चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भइरहेको छ । सोही क्रममा  भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने आएपछि उनका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सृजना भएको हो । 

    उम्मेदवार लामिछानेको पक्षमा उनका समर्थकले नाराबाजी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । 

    images

    लामिछानेका समर्थकको नाराबाजी र प्रहरीको बल प्रयोगले केहीबेर सो मतदानस्थलमा तनाव सृजना भएको थियो । अहिले स्थिति सामान्य रहेको छ ।