शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप लिग–२  नेपाल र अमेरिका आज भिड्ने

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 595
    SHARES
  • विश्वकप लिग–२  नेपाल र अमेरिका आज भिड्ने

    भदौ २८ काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ । ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरू हुने छ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ । सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो । सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । पपुवा न्युगिनीसँग भएका दुवै खेल जितेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । 

    नेपालले दोस्रो खेलमा भोलि ओमानसँग खेल्नेछ । यस्तै,  तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ । 

    images

    विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युएई रहेका छन् । नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई–दुई खेल खेलिसकेको छ । नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।