बुधबार, कार्तिक १९ गते २०८३
images
images

फ्लाई दुबईमा चरा ठोक्किएको अहिलेसम्म प्रमाणित भएको छैन- मन्त्री किराँती

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 228
    SHARES
  • फ्लाई दुबईमा चरा ठोक्किएको अहिलेसम्म प्रमाणित भएको छैन- मन्त्री किराँती

    काठमाडौँ । पर्यटनमन्त्री सुदन किराँतीले फ्लाई दुबईको विमानमा चरा नठोक्किएको दाबि गरेका छन् ।

    images

    सामाजिक सञ्जालमा लेख्दै मन्त्री किराँतीले जहाजमा चरा ठोक्किएको हल्ला अहिलेसम्म प्रमाणित नभएको बताएका हुन् ।

    यसअघि गएराती फ्लाई दुबईले भने उडान भर्ने क्रममा विमानमा चरा ठोक्किएको दाबि गरेको थियो ।

    images

    फ्लाई दुबईका प्रवक्ताले काठमाडौँबाट उडको फ्लाई दुवईको उडान नम्बर ५७६ को विमानमा उडानका क्रममा चरा ठोक्किएको बताएका थिए ।

    फ्लाई दुबईले उडानका सबै प्रक्रिया पुरा गरेर विमानलाई नियमित उडान तालिका अनुसार नै दुबई पुर्याएको थियो । 

    मन्त्री किराँतीले लेखेका छन्- गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले  राम्ररी थाहा पाएँ । र जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।

    कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । "कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।"

    यस विषयमा पाइलट र एटीसीबीचको कुराकानी तथा फ्लाई दुबईले दिएको जानकारी फरक पर्न गएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।