बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फारम निःशुल्क भर्न पाइने

एक्सप्रेस पाना
बैशाख १४, २०८० बिहीबार
  • 242
    SHARES
  • राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फारम निःशुल्क भर्न पाइने

    हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नागरिक सहायता कक्षबाट निःशुल्क सेवा सुरु भएको छ । प्रशासन कार्यालयले कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवं सेवाग्राहीमैत्री बनाउन भन्दै आजबाट निःशुल्क सेवा सुरु भएको हो ।

    images

    प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले नागरिक सहायता कक्षबाट सेवाग्राहीले सामान्य निवेदन लेखन सम्बन्धी कार्य, राष्ट्रिय परिचयपत्र र राहदानीका लागि अनलाइन फारम भर्ने सेवालाई निःशुल्क बनाएको जानकारी दिए ।

    सेवाग्राहीले निम्न कार्य गर्न २० नम्बर कक्षमा रहेको नागरिक सहायता कक्षबाट निःशुल्क सेवा लिन सक्ने उनले बताए ।

    images

    यसअघि सेवाग्राहीले सामान्य निवेदनदेखि राष्ट्रिय परिचयपत्र र राहदानीको लागि अनलाइन फारम आफैं भरेर बुझाउनु पर्ने तथा बाहिर गएर शुल्क तिरेर फारम भर्नुपर्ने अवस्था थियो ।

    बुधबार (हिजो) सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले एक सूचना जारी गर्दै नि : शुल्क सेवा सुरु गर्ने जानकारी दिएका थिए । सूचना प्रकाशित भएको भोलिबाटै (आज) सहायता कक्षबाट नि : शुल्क सेवा सुरु गरेको हो ।