बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाजुरामा भुकम्पका दुई धक्का

एक्सप्रेस पाना
बैशाख १५, २०८० शुक्रबार
  • 168
    SHARES
  • बाजुरामा भुकम्पका दुई धक्का

    बाजुरा केन्द्रबिन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ। 

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।

    मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भुकम्प शक्तिशाली रहेको थियो । जसअनुसार गए राती ११: ५८ बजे गएको भुकम्प ४.९ म्याग्निच्यूडको थियो भने १: ३० बजे गएको भुकम्प अघिल्लो भन्दा बढी शक्तिशाली थियो ।

    images

    पछिल्लो भुकम्प ५‍.९ म्याग्निच्यूड रहेको रेकर्ड हुन पुगेको जनाइएको छ ।

    बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताएका छन् । यद्धपी, सो भुकम्पवाट हुन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद

    ब्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए ।