बुधबार, कार्तिक १९ गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

एक्सप्रेस पाना
बैशाख १५, २०८० शुक्रबार
  • 128
    SHARES
  • कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्।

    images

    आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परको छ।

    चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए।

    images

    शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए। उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

    केन्द्रमा सत्ता फेरिएको फेरिएलगत्तै राप्रपा कर्णाली सरकारबाट बाहिरिएको थियो। राप्रपाकी कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन्।

    राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए। यस्तै मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिएका थिए।

    कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४ र माओवादीका १३ सांसद छन्। यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक/एक सांसद छन्।

    शर्माले नेकपा एमाले र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन्। उनलाई माओवादीको १३, कांग्रेसको १४, एकीकृत समाजवादी र स्वतन्त्र एक/एक जना सांसदले पक्षमा मत हालेका हुन्।

    कर्णालीमा हाल माओवादी र कांग्रेसको गठबन्धन सरकार छ।