बुधबार, कार्तिक १९ गते २०८३
images
images

भारतमा उपचार गर्दा भएको खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

एक्सप्रेस पाना
बैशाख १९, २०८० मंगलबार
  • 171
    SHARES
  • भारतमा उपचार गर्दा भएको खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

    राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images

    राष्ट्रपति  पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै  भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान  (एम्स) मा उपचार भएको थियो । 

    राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए । उनको उपचारमा सरकारी ढुकुटीको रकम खर्च हुन नहुने भन्दै कांग्रेस महामन्त्री गगन थापाले समेत जोड दिएका थिए ।

    images

    1683011389-DTf1L.jpg