बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको राशिफल : २०८० बैशाख २० गते

एक्सप्रेस पाना
बैशाख २०, २०८० बुधबार
  • 224
    SHARES
  • आजको राशिफल : २०८० बैशाख २० गते

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    images

    सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    images

    मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    आवेशको निर्णयले काम बिग्रन सक्छ। आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहोला।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। 

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। खाँचो टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

    तपाईको दिन शुभ रहोस् ।