बुधबार, कार्तिक १९ गते २०८३
images
images

यस्तो छ आज दिनभरको मौसम

एक्सप्रेस पाना
बैशाख २१, २०८० बिहीबार
  • 211
    SHARES
  • यस्तो छ आज दिनभरको मौसम

    काठमाडौं । मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ ।

    images

    त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    यो क्रम आज दिनभरि नै चल्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् ।

    images

    ‘पश्चिमी वायुको प्रभाव भोलिसम्म रहने छ । आज दिनभर लुम्बिनी, गण्डकी, वाग्मती, मधेस, कोशीलगायतका प्रदेशमा यसको प्रभाव देखिने छ । ठाउँठाउँमा हल्का तथा मध्यम वर्षा हुने छ,’ उनले भने ।

    पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण गर्मीयाममा पनि जाडोको अनुभव भइरहेको छ । त्यस्तै हिमाली भेगमा हिमपात भइरहेको छ ।