बुधबार, कार्तिक १९ गते २०८३
images
images

डीभी लोटरीको नतिजा आज राति प्रकाशित हुँदै

एक्सप्रेस पाना
बैशाख २३, २०८० शनिबार
  • 473
    SHARES
  • डीभी लोटरीको नतिजा आज राति प्रकाशित हुँदै

    सन् २०२३ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति प्रकाशित हुँदै छ । नेपाली समयअनुसार राति करिब ९ः४५ बजे 

    images

    डीभीको नतिजा आउने छ । रिजल्ट आगामी असोज १३ गतेसम्म हेर्न पाइने छ । 

    अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर डीभी परेरनपरेको हेर्न सकिन्छ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुने आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी सोही साइटमा उपलब्ध हुने छ ।

    images

    डीभी परेको भन्दै विभिन्न अपरिचित व्यक्ति, समूहले इमेल, फोनसमेत गर्ने गरेका छन् । यस्तोमा विश्वास नगर्न काठमाडौंस्थित अमेरिकी दूतावासले आग्रह गरेको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् । डीभी लोटरी अमेरिकाको ग्रीनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो । 

    आज राति ९:४५ पछि यो (https://dvprogram.state.gov/)  लिंक  मा गएर आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।

    डिभी परेकाे र नपरेकाे थाहा पाउन तलकाे लिंकमा क्लिक गर्नुहोस : 

    https://www.dvlottery.state.gov/ESC/(S(4t04zhhjavabhhux4yxsymhn))/CheckStatus.aspx