बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाले सुरु गर्यो अब्यबस्थित तार हटाउन

एक्सप्रेस पाना
बैशाख २५, २०८० सोमबार
  • 346
    SHARES
  • काठमाडौं महानगरपालिकाले सुरु गर्यो अब्यबस्थित तार हटाउन

    काठमाडौं । आज देखी काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको सुरु गरेको छ ।

    images

    महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

    गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए । 

    images

    जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजवाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।