शुक्रबार, भाद्र २६ गते २०८३
images

कुशल र रोहितको सानदार प्रदर्शनमा नेपालको विजयी सुरुवात

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 489
    SHARES
  • कुशल र रोहितको सानदार प्रदर्शनमा नेपालको विजयी सुरुवात

    भदौ २९ काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ।

    images

    सोमबार भएको खेलमा कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको मद्दतमा नेपालले अमेरिकालाई ५ विकेटमा हराएको हो ।

    अमेरिकाले दिएको २३१ रनको विजयी लक्ष्य पाएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । उनले ९३ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ८७ बल खेलेका रोहितले २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए । नेपालका लागि विनोद भण्डारी ३७ रन बनाउँदा आसिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान दिए ।

    images

    यता बलिङमा अमेरिकाका निषर्ग पटेल र केन्जिगेले २/२ विकेट लिए। त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो। अमेरिकाका लागि मोनांक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै शतक बनाएका हुन् ।

    नेपालका लागि सुशान्त भारीले १० ओभरमा ३१ रन दिएर २ विकेट लिन सफल भए । यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै २ विकेट लिए । विक्रम शोबले ६ ओभर बलिङ गर्दै ३३ रन दिएर २ विकेट लिए । कुशल मल्लले १ विकेट लिन सफल भए । यता खेलको म्यान अफ दि म्याच भने नेपालका कुशल भुर्तेल भए ।  FB_IMG_1631579226451.jpg