कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ स्थित खक्रौला सीमा ईलाकाबाट बैशाख २७ गते सशस्त्र प्रहरीले करिव २ लाख ४४ हजार रुपैयाँ बराबरको
ईलेक्ट्रोनिक्स सामानसहित एउटा भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
यूपी ३१ यूडी ७७१० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौला (विओपी खक्रौला) ले नियन्त्रणमा लिएको हो । बरामद सामान र मोटरसाईकल आवश्यक कारबाहीको लागि सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाइएको छ ।
.jpg)

