जनआदोलन २ का घाइते मुकेश कायस्थको बुधबार निधन भएको छ । २०६२–०६३ को जनआन्दोलनका ‘जिउँदो शहीद’ कायस्थको ३१ वर्षको उमेरमा निधन भएको हो ।
उनकाे उपचारका क्रममा धुलिखेलस्थित शीर मेमाेरियल अस्पतालमा बुधबार बेलुका ६ बजेर १८ मिनेटमा निधन भएकाे अस्पतालले जनाएकाे छ । स्वास्थ्यमा समस्या देखिएपछि २५ वैशाखमा अस्पतालमा भर्ना गरिएकाे थियाे । उनलाई निमाेनिया भएकाे थियाे ।
भाेलि अन्येष्टि गरिने परिवारले जनाएकाे छ ।
२०६२–६३ को १९ दिने जनआन्दोलनको क्रममा चैत २७ गते काभ्रेको बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेशलाई प्रहरीले चलाएको गोली कन्चटमा लागेको थियो ।
मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए । मुकेश गोली लाग्दा १४ वर्षका थिए । उनी ओछ्यानबाट उठ्न नसक्ने गरी अपांग भएका थिए ।
मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।
.jpg)


