शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल र ओमान भिड्दै

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 768
    SHARES
  • नेपाल र ओमान भिड्दै

    भदौ २९ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल अपराह्न सवा ४ बजे हुनेछ ।

    images

    लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । उक्त खेलमा नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो । त्यसअघि नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २-० ले पारेको थियो ।

    त्यस्तै आजको खेलमा नेपाल ओमानविरुद्ध सहज जितको खोजीमा छ । 

    images