बुधबार, कार्तिक १९ गते २०८३
images
images

दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते

एक्सप्रेस पाना
जेठ २, २०८० मंगलबार
  • 160
    SHARES
  • दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते

    दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । 

    images

    डुङ्गेश्वर गाउँपालिका-२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो । 

    घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताउनुभयो ।

    images