शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग आजबाट सुरु : यी खेलहरु हुँदै

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 440
    SHARES
  • च्याम्पियन्स लिग आजबाट सुरु : यी खेलहरु हुँदै

    एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुबटल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगका खेलहरू आजबाट सुरु हुँदै छन् । नयाँ सिजन २०२१/२२ को समूह चरणका खेलअन्र्तगत आज ८ खेल हुनेछन् । जसमा १६ टोली प्रतिस्पर्धामा रहेका छन् । आज स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिखको भिडन्त हुँदै छ भने इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड, चेल्सी, इटालियन क्लब युभेन्टस पनि प्रतिस्पर्धामा छन् । 

    images

    CL_Head_to_Head_Player_FCBFCB_1920X1080.jpg

    समूह ‘ई’का बार्सिलोना र बायर्नबीचको खेल नेपाली समयानुसार राति १२ः४५ बजे बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा हुने छ । यसअघि च्याम्पियन्स लिगमा यी दुई टिमको भिडन्त सन् २०१९–२० को सिजनमा भएको थियो । जसमा बायर्नले बार्सिलोनामाथि ८–२ गोलान्तरको फराकिलो जित निकालेको थियो । 

    images

    यस्तै, राति १०ः३० बजेबाट युनाइटेडले स्विट्जरल्यान्डको योङ्ग ब्वाइजसँग खेल्ने छ । स्विट्जरल्यान्डस्थित बेर्नमा हुने यो खेलमा युनाइटेड सहज जित निकाल्ने योजनामा रहेको छ । उक्त खेलमा सुपरस्टार फवार्ड क्रिस्टियानो रोनाल्डो पनि मैदानमा उत्रिने छन् । यस्तै साविक विजेता चेल्सीले जेनितसँग राति १२ः४५ बजेबाट घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा खेल्दै छ । 

    young_boys_vs_man_united.jpg_242310155.jpg

    आज हुने अन्य खेलहरु नेपाली समयअनुसार

    सेभिल्ला भर्सेस आरबी साल्ज्बर्ग राति (१०ः३०) बजे
    लिले भर्सेस वुल्फसबर्ग राति (२०ः४५) बजे
    भिल्लारियल भर्सेस अटलान्टा राति (१२ः४५) बजे
    युभेन्टस भर्सेस माल्मो राति (१२ः४५) बजे
    डायनामो किभ भर्सेस बेन्फिका राति (१२ः४५) बजे