सोमबार, कार्तिक १७ गते २०८३
images
images

जागिर खुलेको छैन, भ्रममा नपर्नू : टेलिकम

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 427
    SHARES
  • जागिर खुलेको छैन, भ्रममा नपर्नू : टेलिकम

    काठमाडौं । नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै गलत सूचना फैलिएकाले नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।

    images

    'केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ ।

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।

    images

  • सम्बन्धित विषय:

  • # NTC