शुक्रबार, भाद्र २६ गते २०८३
images

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 273
    SHARES
  • ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

    भदौ २९ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ ।

    images

    अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले हिजो अमेरिकाविरुद्ध खेल्ने सेट नै उतारेको छ । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ  

    नेपालले अमेरिकाविरुद्ध सोमबार पाँच विकेटको जित हात पार्दै सिरिजमा विजयी सुरुवात गरेको थियो ।

    images

    नेपालभन्दा ओमान बलियो टिम भएकाले खेल भने प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

    नेपाली टोली
    ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम साेब