भदौ २९ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार एकदिवसीयमा नेपालको एक स्थान सुधार भएको छ । यसअघिको वरियताअनुसार नेपाल एकदिवसीय मुलुकको १६औं स्थानमा रहेको नेपाल आजको बरियता अनुसार १५औं स्थानमा छ ।
यसअघि नेपालभन्दा माथि रहेको ओमानलाई पछाडि पर्दा नेपालले एक स्थान सुधार गरेको हो । मंगलबार सार्वजनिक वरियताअनुसार न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।
यस्तै दोस्रो स्थानमा इङ्ल्यान्ड, तेस्रो स्थानमा अस्ट्रेलिया तथा चौथो स्थानमा भारत छ ।दक्षिण अफ्रिका पाँचौं स्थानमा रहँदा पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका र अफगानिस्तान क्रमशः छैठौंदेखि १०औं स्थानसम्म छन् । नेपालभन्दा अगाडि नेदरल्यान्ड्स ११औं, आयरल्यान्ड १२औं, जिम्बाबे १३औं र स्कटल्यान्ड १४औं स्थानमा छन् ।


