शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग : युनाइटेड र योङ्ग ब्वाइजसँग भिड्दै

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 521
    SHARES
  • च्याम्पियन्स लिग : युनाइटेड र योङ्ग ब्वाइजसँग भिड्दै

    एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुबटल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगका खेलहरू आजबाट सुरु हुँदै छन् । नयाँ सिजन २०२१/२२ को समूह चरणका खेल अन्तर्गत आज ८ खेल हुनेछन् । जसमा १६ टोली प्रतिस्पर्धामा रहेका छन् ।

    images

    आज स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिखको भिडन्त हुँदै छ भने इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड, चेल्सी, इटालियन क्लब युभेन्टस पनि प्रतिस्पर्धामा छन् । 

    यता समुह एफमा रहेको युनाइटेडले राति १०ः३० बजेबाट सुरु हुने खेलमा स्विट्जरल्यान्डको योङ्ग ब्वाइजसँग खेल्ने छ । स्विट्जरल्यान्डस्थित बेर्नमा हुने यो खेलमा युनाइटेड सहज जित निकाल्ने योजनामा रहेको छ ।

    images

    उक्त खेलमा सुपरस्टार फवार्ड क्रिस्टियानो रोनाल्डो पनि मैदानमा उत्रिने छन् । करिब १२ बर्ष पछि युनाइटेड फर्किएका रोनाल्डो प्रिमियर लिग अन्तर्गत आफ्नो दोस्रो पटकको डेब्यु खेलमा न्युकासलविरुरद्ध २ गोल गर्दै सानदार सुरुवात गरेका थिए । त्यस्तै आजको खेलमा पनि रोनाल्डो सोही लय कायम गर्ने योजनामा रहेका छन् ।