शुक्रबार, भाद्र २६ गते २०८३
images

ओमानलाई नेपालले दियो १९७ रनको सामान्य लक्ष्य

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 344
    SHARES
  • ओमानलाई नेपालले दियो १९७ रनको सामान्य लक्ष्य

    भदौ २९ काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानसँग खेलिरहेको छ । ओमानको राष्ट्रिय क्रिकेट एकेडेमीको अल एमिरात क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले ओमानसामु १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि आरिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्ग्स खेले । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा करण केसीले २१, रोहितकुमार पौडेलले २०, सन्दीप लामिछानेले २६ बल खेल्दा १६ रन जोडे ।

    सोमपाल कामीले सात, विनोद भण्डारीले ६, कुशल मल्लले चार र विक्रम सोबले दुई रन बनाए भने सुशन भारीले अजिवित दुई रन जोडे ।  कुशल भुर्तेल भने शून्य रनमा पेभेलियन फर्किए । 

    images

    यता ओमानका लागि बलिङतर्फ बिलाल खानले चार विकेट लिए भने नेस्टर धाम्बाले दुई तथा मोहम्मद नदीम र जिसन मकुबले एक-एक विकेट झारे ।