बिहीबार , कार्तिक २० गते २०८३
images
images

विश्व वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
जेठ २०, २०८० शनिबार
  • 219
    SHARES
  • विश्व वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्नका लागि हिमाल र हिमाली क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  

    images

    विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित  हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटमा उनले सो धारणा राखेका हुन् । 

    सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर न्यूनीकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितको लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको बताए । 

    images

    ‘विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ, किनकी पानीको मूल स्रोत हिमाल हो’, उनले भने । नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उनले उल्लेख गरे । सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणको लागि विश्व समुदायलेनै काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।