शुक्रबार, भाद्र २६ गते २०८३
images

बार्सिलोनाको मैदानमा बायर्नको सानदार जित

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 671
    SHARES
  • बार्सिलोनाको मैदानमा बायर्नको सानदार जित

    एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनको क्लब बार्सिलोनामाथि सहज जित दर्ता गरेको छ ।

    images

    मङ्गलबार राति भएको समूह चरणको खेलमा बायर्नले बार्सिलोनालाई उसैको घरमा ३-० गोलले हराएको हो । 

    क्याप नोउमा भएको खेलमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । खेलको ३४औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई पहिलो हाफभरि १-० गोलकोअग्रता दिलाएका थिए । 

    images

    त्यस्तै दोस्रो हाफको खेलको ५६औं मिनेट र ८५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० गोलको सहज जित दिलाए ।  यसअघि च्याम्पियन्स लिगमा यी दुई टिमको भिडन्त सन् २०१९/२० को सिजनमा भएको थियो । जसमा बायर्नले बार्सिलोनामाथि ८–२ गोलअन्तरको फराकिलो जित निकालेको थियो । 

    उक्त जितसँगै समूह ‘ई’को बायर्नले पहिलो खेलमा ३ अंक जोड्दै सुखद सुरुवात गरेको छ । बार्सिलोनाले भने हारबाट प्रतियोगिताको थालनी गरेको छ ।