बिहीबार , कार्तिक २० गते २०८३
images
images

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा

एक्सप्रेस पाना
जेठ २२, २०८० सोमबार
  • 270
    SHARES
  • यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा

    यौन दुर्व्यवहारको आरोप लागेका कृषि विज्ञ मदन राई धरौटीमा रिहा भएका छन् । 

    images

    जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले सोमबार ४ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको हो । 

    राईले अदालतले तोकेको धरौटी रकम बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images

    दिक्तेलस्थित सुभद्रा मदन फाउन्डेसनका संस्थापक समेत रहेका राईलाई बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो । 

    ७५ वर्षीय राईले बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण गरेको आरोप छ । राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै दिक्तेलकी एक वालिकाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।