बिहीबार , कार्तिक २० गते २०८३
images
images

साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू

एक्सप्रेस पाना
जेठ २४, २०८० बुधबार
  • 167
    SHARES
  • साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । 

    images

    काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । 

    गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    images