एजेन्सी । युरोपको सबै भन्दा ठुलो क्लब फुटबल प्र्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगको समूह चरणको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले माल्मोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली युभेन्टसलाई सानदार जित दिलाउनको लागि एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले समान एक एक गोल गरे । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । लास्सी नेल्सनले पेनाल्टी बक्समा पाउलो डिबालामाथि फल गरेपछि भिएआरको सहायतामा युभेन्ट्सको पेनाल्टी पाएको थियो । त्यस लगत्ते मोराटाले गोल गर्दै ३-० को अग्रता दिलाए । उनले डिबालाकै लामो पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको तीन गोल नै युभेन्ट्सको जितमा पर्याप्त बन्यो ।
उक्त जितसँगै ममूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।


