बिहीबार , कार्तिक २० गते २०८३
images
images

२९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

एक्सप्रेस पाना
जेठ २६, २०८० शुक्रबार
  • 259
    SHARES
  • २९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

    काठमाडौं । जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । 

    images

    न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो । 

    आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाती २ जना, मधेशी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हन गरेको हो। 

    images

    विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखी भदौं २० सम्म परिक्षा हुने पनि जारी सुचनामा उल्लेख छ । 

    दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ ।