धुलिखेल: कला संस्कृतिले भरिएको धुलीखेलको साघुरो नेवार बस्तीमा बिहानदेखि मानिसहरुको चहलपहल हुर्ने गर्छ । यहिँ साघुरो बस्तीमा बिहानै दुध बेच्न आइपुग्छिन् धुलिखेल नगरपालिका ठकुरी गाँउकी, इन्द्रमाया शाही ठकुरी ।
उनको दैनिकी भनेको बिहानै उठेर दुध बेच्न आउनु हो । इन्द्रमाया करिब २५ वर्षदेखी यहि बस्तिमा दुध बेचिरहेकी छन् । उनको दुध डेरी, चिया पसल, लगाएत घरायसी मानिसले लिने गरेका छन् ।
यस बस्तीमा उनको दुध किन्ने धेरै ग्राहकहरु छन् । ग्राहकसँगै बस्तिसँग पनि उनको पुरानो साईनो जोडिएको छ । २५ वर्षको दुध बेच्ने दौडानमा यहाँका धेरै मानिहरुसँग उनको राम्रै घुलमील समेत बनेको छ ।
एक दिन दुध बेच्न आउन नपाउँदा उनलाई खल्लो लाग्ने गरेको बताउछिन् । उनी भन्छिन् ,‘बिहानै उठेर दुध बेच्न आउनु दैनिकी जस्तै बनिसकेको छ । मेरालागि दुध बेच्न आउनु भनेको दैनिक कार्य हो । ’ उसो त दुध बेच्न आउनु अघि इन्द्रमाया घरको काममा व्यस्त हुने गछिन् ।
विगतका दिनहरुमा उनको गोठमा चार पाँच वटा गाई हुने गथ्यो जसबाट २०–२५ लिटर दुध उत्पादन गर्थिन । तर बुढेसकाललागेपछि काम गर्न नसक्ने हुर्दा अहिले उनको गोठमा एउटामात्र गाई छ ।
यस गाईले दैनिक १० लिटरसम्म दुध दिने गरेको छ । उनले बजारमा प्रति लिटर ६० का दरले दुध ब्रिकी गछिन् । उनको धेरै गाइ पाल्ने र धेरै दुध उत्पादन गर्ने रहर भने नभएको होइन ।
दुधबाट आएको रकम उनले घरखर्चमा खर्च गर्ने गरेकी छिन् भने केही रकम बचत समेत गरेकी छिन् । गाई पालन गर्नु सोचे जस्तो सजिलो नभएको उनले आफ्नो पिडा सुनाइन् ।
गाई पालन गर्दा लागने खर्च र मेहनतको मोल आफुहरुले पाउने नगरेको उनको गुनासो छ गर्दै बजारमा दु ;ख अनुसारको दुधले मूल्य नपाएको उनी बताउछिन् । उनी भन्छिन्, ‘ जतिनै नयाँ सरकार आएपनि, व्यवस्था परिर्वतन भएपनि हाम्रो अवस्था कहिले फेरिएन् , हामी किसानको माग कहिले पो सम्बोधन भएको छ र ?
सरकारले हामी किसानको बारेमा कहिले सोचेको छ र ?’ निराश हुर्दै उनले भनिन् ।
दुध बेच्नेकार्यमा धेरै फाईदा नभएको र सरकारले हरेक वर्षको बजेटमा कृषि भनेर बजेत छुट्याएपनि त्यो बजेट बास्तबिक किसानको हातसम्म पुग्न नसकेको उनले गुनासो गरिन् । हाम्रो देश कृषि प्रदान देश भनेर चिनिएतापनि सरकारले किसानलाई प्राथमिकतामा नराखेको समेत उनको भनाई छ ।
कस्तो छ, इन्द्रमायाको पारिवारिक अवस्था
६५ वर्षिया इन्द्रमाया निकै हसीलि र निकै फरासिली छिन् । उनका घरामा श्रिमानसहित दुई छोरा दुई छोरी छन् । २५ वर्ष देखि दुध बेच्दै आएपनि इन्द्रमायालाई अहिले दुध बेचिरहनु पर्ने बाध्यता भने छैन् ।
विगतका दिनमा निकै दु खका साथ बिताएको उनले चार छोराछोरीलाई यहि दुध बेचेर पढाएको बताईन् । छोराछोरी पढाउन गरेको सघंर्षको फल अहिले छोराछोरीबाट पाएकोमा दङ्ग छिनी उनी । ‘आफुले गरेको दुखलाई छोराछोरीले बुझेर राम्रोसँग पढिदियो यसले खुशी मिलेको छ,’ उनले सुनाईन् ।
उसो त इन्द्रमायाको श्रीमान सरकारी जागीरबाट अवकास भएर घरायसीकाममा उनलाई सघाउदै आएका छन् । एक छोरी इन्जीनियर पदमा सरकारी कार्यलयमा कार्यरत छिन् भने अर्को छोरी टेलरिङको काम गछिन् ।
दुध बेचेरै इन्द्रमायाले आफ्ना चार जना छोराछोरीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाएकी छन् । अहिले सबै छोराछोरीले राम्रौ कमाई गर्ने हुदा उनलाई दुध बेचिरहनु पर्ने बाध्यता नभएपनि सकुन्जेल यहि पेसा गरिरहन्छु भने लागेको छ ।
इन्द्रमाया आमा त यस समाजका एक प्रतिनिद्धि पात्र मात्र हुन् । यस्ता लाखौँ किसानहरलाई सरकारको तर्फबाट पनि राहातका कार्यक्रमहरुमा सहभागी गराई किसानको पिडालाई बेलैमा बुझ्नु जरुरी देखिन्छ ।
सरकारले हरेक वर्षको बजेटमा किसानहरुकालागि भनेर बजेट छुट्याएको छ । तर, पनि वास्तविक किसानहरुले भने यस बजेतबाट लाभ लिन नसकेको इन्द्रमाले गुनासो गरिन्, ‘ती बजेटहरु किसानहरका लागि छुटयाइएको हैन ।
सरकारले दिने बजेट त हाम्रो लागी हैन नी, हाम्रो लागी भएको भए त आज सम्म किसानले आफनो श्रमको मूल्य पाइहाल्थे नि । उनले भनीन्, ‘हामीले ६० मा दुध बेच्छौँ व्यापारीले लाभ लिने त हो, ’ उनले मलिन स्वरमा भनिन्, ‘के आशा गर्नु यो सरकारसँग हामी किसानलाई काम नगरी पुगर्दैन । कस्ले सुन्ने हाम्रो पिडा ?’
.jpg)


